शहर को रम्झम मा उ
हस्ना सिखेको छ,चमक दमक र भिड भाड मा उ
बाच्न सिकेको छ,
वास्ता छैन उस्लाइ गाँउ ठाँउ अनि
आफ्नो संस्कृति,
नौलो गीत को ताल्मा अब
नाच्न सिकेको छ !!
बिर्सि सक्यो देउसि भैलो
अनि किर्तन त्यो,
डम्फु मादल फालि बिर्स्यो
अर्थ जीवन को!!
मेरो दाजु आज भोलि
काँहा गयो काहा,
कुना पसि झोला फ्याकि
रस मा डुबेको छ !!
फर्कि आउछौ कि आउदैनौ
भन्न सकिन म,
साहस को डोरि छिन्यो अब
धान्न सकिन म !!
मेरा दाजु फर्कि आउ
गाँउ तिमि फेरि,
अस्तित्व को लडाइ लड्न
कलम को बन्दुक भिरि !!
No comments:
Post a Comment