Monday, August 25, 2025

कठोर सत्य

अब घर पराइ झैँ लाग्छ,
ढोका त खुला छ, तर हृदयले चिन्न छाडिसक्यो।
दर्‍जिलिङको गोठ, आँगन, बगैँचाको फलफूल सबै सम्झना बनेर बस्छन्,
तर त्यहाँ फर्किनु अब इतिहासको पानामा मात्र सम्भव छ।

हजारौँ दिन बिते,
युद्धले, राजनीति र नीतिले
हामीलाई सीमापार धकेल्यो।
कसैले भाषा काटिदियो, कसैले संस्कृति,
कसैले भने "तिमी यहाँका हैनौ" भनेर ट्याग झुन्ड्यायो।

त्यो बेला घर फर्कने विश्वास थियो—
"एक दिन हामी फर्कनेछौं" भनेर आमा ढुकढुकी लगाउँथिन्,
बुबा छाती ठोक्थे, "यो त अस्थायी विस्थापन मात्र हो" भन्थे।
तर अब त पुस्ता बदलियो,
घर जाने बाटो त कागजको नक्सामा मात्र बाँकी छ।

अंगालोमा खेल्ने साथीहरू
दार्जिलिङ निवासी कहलिए,
हामीचाहिँ मेघालयतिर बग्यौँ।
बस्ती, बजार, मन्दिर–मस्जिद
सबै अझै त्यहीँ हो, तर हामी मात्र बाहिर छौं।
घर फर्कने सपना बोक्ने पिँढी बुढ्यौलीले हरायो,
नयाँ पुस्ताले त दार्जिलिङ निवासी
कथा–कवितामा मात्र चिने।

अब त यादहरू मात्रै बाँकी छन् ,
दार्जिलिङर्को मेलामा गुञ्जिने ढोल,
धान रोप्दा गाइने लोकगीत,
नयाँ कपडामा रमाउने तिहारको रमाइलो,
सबै सम्झना बनेर हृदयमा बज्छन्।

तर कठोर सत्य के छ भने
घर जाने आश पनि हरायो,
आशा हराएपछि सम्झना मात्र शरण छ।
दार्जिलिङलाई मनले बोकेर
मेघालयको आकाशतले बाँच्नु नै
विस्थापितहरूको शाश्वत भाग्य बनेछ।

हुरीले माफी मागेर के हुन्छ

आशामा अल्झिएको जीवन थियो,
संसारमा सम्हाल्न के रहिगयो।
सपना जलेर खरानी बन्यो,
दिलभित्र आशा त मरी गयो।

हुरीले माफी मागेर के हुन्छ,
टुटेको हाँगा त टुटेकै हो।
जीवनको बाटो नुनजस्तो तिक्त,
स्मृतिको घाम झन् डुबेकै हो।

तारा झरेर नपुग्ने हातमा,
अधुरा चाहना उस्तै रहन्छन्।
मनको करुणा लुकेर आँसुमा,
तिरस्कार भित्रै शब्द हराउँछन्।

Sunday, August 24, 2025

सबैभन्दा ठूलो हार थियौ

तिमी गएपछि जीवन सुनसान बन्यो,
शून्य रातजस्तै, प्रत्येक दिन उघारिन थाल्यो।
मेरा सपनाको छायामा अटाएको प्यार थियौ।
तिमी मेरो जीवनको सबैभन्दा ठूलो हार थियौ,

तिमी पछि मैले जीवनमा केही हरिनँ,
साँच्चै भने त खुशीको स्वादै पाइनँ।
संसारलाई देखाउन हाँसो त बाँडेँ,
तर मनभित्र आँसुका नदी मात्र बगाएँ।

तिमी बिना गीतहरू सुरविहीन भए,
रङ्गिन फूलहरू पनि वसन्तहीन भए।
तिमी मेरो हार मात्र होइन, मेरो कथा थियौ,
तिमी गएपछि जीवन अधुरो कल्पनाहीन  भयो।

Saturday, August 23, 2025

जीवनको रहस्य

हास्ना र हासाउन त मेरो कला हो,
जीवन सम्हाल्ने साहसको धरोहर हो।
मेरो अनुहार त्यहाँबाट पढ्नुस् जहाँ म खामोश छु,
त्यही मौनतामा मेरा हजार शब्द लुकेका छन्।

म मौन भएर पनि कथा सुनाउँछु,
आँसु लुकाएर पनि उज्यालो छरिदिन्छु।
दुखभित्र पनि आशा भेट्छु,
यही त मेरो जीवनको रहस्य हो।

दुईमा एक गइदिँदा सुन्या हुँदो रहेछ

पिरती को गणित पनि कस्तो हुँदो रहेछ,
दुईमा एक गइदिँदा सुन्या  हुँदो रहेछ।
हिमालको हावा पनि चिसो मन्द–मन्द,
तिमी बिना नमिठो भो जीवनको सुगन्ध।
फूलको सुवास पनि खाली लाग्दछ,
रातको चन्द्रमा अन्धकारै भान हुन्छ।
सागरको छाल नि मौन भएर थाक्छ,
सपना बिना जीवनको अर्थ हराउँछ।

तिमी बिना मौसम सबै सुनसान देखिन्छ,
गीतको धुनमा पनि स्वर हराइदिन सक्छ।
पिरतीको गणितले सिकायो यति मात्र,
गुणा–घटाउ नभई तिमी नै चाहिन्छ।

तिमी हुनु नै जीवनको पूर्ण उत्तर,
तिमी बिना अधुरो छ प्रत्येक अध्याय।
अन्तिम समीकरण यतिमै भेटिन्छ,
पिरतीमा दुई आत्मा मिल्दा अनन्त बनिन्छ।

शर्त

शर्त थियो सन्तुष्टि को एउटा शब्द खोज्ने,
सन्तुष्टिका लागि अब एउटा चीज रोज्ने…
अरू लागे मन्दिर–मस्जिद, अनि हिमाल चढ्न,
म पनि के कम थिएँ र, थालें गिलास भर्न l

कसैले रोजे ध्यान–योगको बाटो,
कसैले रोजे देवालयको थातो,
म भने रोजे आफ्नै पीडाको घुट्की,
जसमा रुनु र हाँस्नु दुबै मिल्छ नि छुट्टी।

सन्तुष्टि त आखिर खोजाइ मात्र हो,
कसैलाई मन्त्रमा, कसैलाई स्वरमा,
मलाई चाहिँ फगत त्यो नशाको लहरमा
जहाँ  संसार बिर्सन अनौठो शहर l

Friday, August 22, 2025

मनोकामना

तिमी बाहेक कोई मनोकामना छैन मेरो,
मनोकामनाको पूर्णविराम हौ तिमी।
मधुर हाँसो तिम्रो मरुभूमिमा वर्षा झैँ,
अमर प्राणको उत्सव जीवनको श्वास हौ।

नयन खोल्दा उज्यालो बिहानझैँ भास्छौ,
श्रवण गुञ्जमा वसन्तको गान हौ तिमी।
हृदयस्पन्दनको अधिष्ठान बनी उभिएकी,
सकल स्वप्नहरूको परिपूर्ण सार हौ।

एउटा ऐना

समय बित्ने छ, दिन राम्रा हुनेछन्,
पर्खाइका बादल हराएर जानेछन्।
कसैले त आउनेछन्, मलाई बुझ्नेछन्,
मनका हर चोटहरू हेरि मलिनो मेट्नेछन्।

तर यी सबै आशा म छाडिदिन्छु भो,
आँखा अघिल्तिर झुट्टा सपनाले गर्न थाल्यो धौ।
सत्य हेर्ने आँखा अब खोज्दै हिँड्छु  म,
एउटा ऐना किनेर ल्याइदेऊ न त।

त्यो ऐनामा म आफ्नै अनुहार पढ्छु,
घाउ, खुसी, र सत्य सबै खुल्लै देख्छु।
अरूले नबुझ्दा पनि बुझ्ने साथी यही हो,
मनको एक्लोपन तोड्ने प्रतिविम्ब यही हो।

एउटा कोठा, बाँकी घमण्ड

एउटा कोठा, बाँकी घमण्ड

मान्छे त बस्छ एउटै सानो कोठामा,
तर बाँकी घरभरि बस्छ
उसको भ्रम, उसको घमण्ड,
र देखाउने नाटक।

काठका कुर्सी, सुनका पर्दा,
सबै केवल आभूषण हुन्—
अन्तरिक खालीपनलाई
लुकाउने खोल मात्र।

निदाउँदा ऊ सामान्य हुन्छ,
तर उठ्नेबित्तिकै सम्झिन्छ:
“संसारले मेरो ठूलो घर देखोस्,
मेरो नाम, मेरो दौलत चिनोस।”

तर त्यो वैभवको पर्खालभित्र
न त आत्मीयता भेटिन्छ,
न त एक साँचो स्पर्श,
न त हृदयको न्यानोपन।

अन्ततः,
घर विशाल भए पनि हृदय संकुचित छ,
उसको जीवन कैदी जस्तै
एउटा कोठाभित्र मात्र,
जहाँ सम्झना दिलाउँछ—
मान्छेको मूल्य
धन, भ्रम वा घमण्डले होइन,
सादगी र प्रेमले मापन हुन्छ।

पिरती न गासौं

म चिया चमेना मा नै खुसी छु, पिरती न गासौं,
सुन्दै छु पिरतीमा धेरै सर्त हुन्छ ।
साथीभाइ संगै हाँसो ठट्टा, मन रमाउँ,
पिरतीमा त आँसु र वियोगको कथा हुन्छ ।

जीवन त मिठास हो, स्वतन्त्रतामा रमाउनु,
पिरतीको सन्देशमा धेरै वाचा हुन्छ ।
मनको खुशीलाई संगीत जस्तै बहाउनु,
साँचो साथमा मात्र जीवन उज्यालो हुन्छ ।

हिँड तिमी र म आज वर्षामा भिजौं

हिँड तिमी र म आज वर्षामा भिजौं,
आँसु लुकाउन सजिलो हुन्छ।

नभन्नु तिमी दुःखका कुरा,
पानीले सबै पीडा बगाइदिन्छ।

हात समाएर बाटो हिँड्दा,
मनका चिरा पनि पुरिदिन्छ।

बर्षातको सुवासमा,
नयाँ सुरुवातको साहस भेटिन्छ।

तिमी र म वर्षामा भिज्दा,
संसारले हाम्रो पीडा देख्दैन।

केवल मनले बुझ्छ,
कि यो भिजाइँमा प्रेमको न्यानोपन लुकेको छ।

तिमी पर्याप्त छौ

तिमी पर्याप्त छौ यो कुरा मनैले बुझ,
आफ्नो बाटो आफैं पहिचान गरेर रोज।

तिमी आफैँ उज्यालो बन्न सक्छौ,
अँध्यारो रात चिरेर जूनजस्तै चम्कन सक्छौ।

हिम्मतले हात समाउ, डरलाई टाढा धपाउ,
तिमी आफैं आफ्नो कथा लेख्न सक्छौ भन्ने विश्वास गर।

जीवनका आँधी–तुफान तिमी सहन सक्छौ,
भरीएको मनलाई फेरि खाली बनाउन सक्छौ।

तिमी पर्याप्त छौ, यो सत्य आत्मामा राख,
प्रेम र आशाले तिमी फेरि फक्रन सक्छौ।

सम्झनामा नल्याऊ उसलाई

नाडी  chhamdai मेरो आज,
झाक्रीले औषधी बताए मलाई,
बाँच्ने एउटै उपाय मात्र छ –
सम्झनामा नल्याऊ उसलाई।

तर मनलाई कसरी बुझाउँ,
हावा जस्तै त उसको सम्झना छ,
हरपल आइरहन्छ, मनमा टकराउँछ,
झैझै गरेर आत्मालाई दुखाउँछ।

यदि सम्झनाले नै रोग बनाउँछ भने,
मेरो आत्मा त रोगी भइसकेछ,
किनभने उसको अनुहार, उसको मुस्कान
मेरो सासभित्रै बसिसकेको छ।

झाक्रीको मन्त्र सुन्ने गर्छु,
तर दिलले मान्दैन कुनै उपाय,
बाँच्नु छ भने सम्झनाबाट टाढा रहनुपर्छ रे—
तर सम्झना नै त मेरो जीवनको श्वास हो आज।

टुटेको तारा

आज मेरो सपनीमा टुटेको तारा देखें,
त्यो तारा म जस्तै थियो अनि मेरो याद आयो।

तारा टुट्दै गर्दा जूनले हेरिराखेको थियो,
जून बिलकुल तिमी जस्तै थियो।

जूनको आँखामा मौन प्रार्थना झल्किएको थियो,
म त त्यही मौनमा तिम्रो मायाको स्वर सुन्दै थिएँ।

टुटेको तारामा मेरो अधुरो कथा थियो,
र जुनमा तिमीले कहिल्यै नबुझेको रहस्य थियो।

सपनी भङ्ग भयो, तर तारा र जून त अझै त्यहीं छन्,
म भने तिम्रो सम्झनामा, टुटिरहने मन लिएर बाँचिरहेको छु।

समयको रेल

ऋतुहरू अगाडि बढ्दै गएको रेल जस्तै हो, न रोकिन्छ, न फर्किन्छ कहिल्यै, गन्तव्य तिर दौडिरहेको रेल जस्तै, थाक्दा पनि आफ्नो बाटो छोड्दैन। जीवन पन...