Thursday, November 2, 2023

कता गयौ कता

 मिठो बोलि होटमा लालि

कता गयौ कता,
कसम तोडि गाँउ घर छोडि
कता गयौ  कता;

पिरति को जरो चड्यो
माया लाँउछु  भन्थें,
पंदेरि  भेट्न जादा
कता गयौ  कता !!

माया पोख्ने मन थियो
भेटै हुन छोड्यो,
तिम्रो मिठो स्म्रितिले
मेरो बेथा बड्यो!!

आउने जाने बटुवा लाइ
तिम्रो बारे सोधे,
पधेरि मा आउने जाने
सबैलाइ भेटे;
तिम्रो अद्रिस्यता किन
बुझ्न सकिएन
मनमा भाको माया पोख्ने
मौका भेटियेन !!

No comments:

Post a Comment

समयको रेल

ऋतुहरू अगाडि बढ्दै गएको रेल जस्तै हो, न रोकिन्छ, न फर्किन्छ कहिल्यै, गन्तव्य तिर दौडिरहेको रेल जस्तै, थाक्दा पनि आफ्नो बाटो छोड्दैन। जीवन पन...