हिमालचुलि पल्लो पट्टि
ल्हासा भन्ने सहर,
मदन जस्तै मेरो पनि
जाने छ है रहर;
सुन्को ढिको बोकि ल्याँउछु
हर्छु सबै दुःख
मदन जस्तै न परेमा मृत्यु को मुख !!
धेरै भौतिक भै हिड्दा
हाँसो खुशी छुट्यो
सांसारिक आडम्बर्ले
सारा सुख लुट्यो;
आँटो डिंडो छाडि
मेरो पिझ्झा खाने रहर,
तेसै माथि आड्म्बर को
पर्यो बज्र प्रहर !!
साथी संगी दाँजिनमा
सम्पति को नाश,
पराइ मुलुक पुगिकन
कमाउन को आश;
झोला बोकि हिडे मनी
केहि कमाउछु भनी,
वास्तविकता अर्कै रहेछ
संसारको पनी !!
दुःख पिढा बिर्सी कन
कमाउन थाले,
बर्स दिन मै ऋण थपी
घरको जग हालें !
त्यागी घर सन्सारलाई
पराई मुलुक बास,
थाहई न पाई गरें मैंले
यौवन को नाश;
जीवन थकित भए पछि
घर फर्कि आएँ,
चौतारो मा भार बिसाई
छोरो अघि लाएँ !!