Thursday, November 2, 2023

छोरो अघि लाएँ


हिमालचुलि पल्लो पट्टि 

ल्हासा भन्ने सहर,

मदन जस्तै मेरो पनि 

जाने छ है रहर;

सुन्को ढिको बोकि ल्याँउछु 

हर्छु सबै दुःख

मदन जस्तै न परेमा मृत्यु को मुख !!


धेरै भौतिक भै हिड्दा 

हाँसो खुशी छुट्यो 

सांसारिक आडम्बर्ले

सारा सुख लुट्यो;

आँटो डिंडो छाडि

मेरो पिझ्झा खाने रहर,

तेसै माथि आड्म्बर को

पर्यो बज्र प्रहर !!


साथी संगी दाँजिनमा

सम्पति को नाश,

पराइ मुलुक पुगिकन

कमाउन को आश;

झोला बोकि हिडे मनी

केहि कमाउछु भनी,

वास्तविकता अर्कै रहेछ

संसारको पनी !!


दुःख पिढा बिर्सी कन

कमाउन थाले,

बर्स दिन मै ऋण थपी

घरको जग हालें !

त्यागी घर सन्सारलाई

पराई मुलुक बास,

थाहई न पाई गरें मैंले

यौवन को नाश;

जीवन थकित भए पछि

घर फर्कि आएँ,

चौतारो मा भार बिसाई

छोरो अघि लाएँ !! 


मान्छे हराएको सुचना


मान्छे हराएको सुचना,
गँठिलो सरिर र आत्मबिश्वासि;
नाम उस्को गोर्खे हो अरे !!

हराउनु अघाडि उस्लाइ
लत लागेको थियो रे,
जुवा तास र रक्सिको

उ आफ्नै दाजुभाइ संग
दिन रात लड्थियो रे
नशा मा चुर भै हिड्थ्यो रे !!

हराउनु अघि उस्को रक्तचाप
घटेको थियो रे,
मान्छे हरएको छ
आज न उ छ, न उस्को अस्तित्व छ,
मान्छे हरएको छ
म खोज्दै छु, उ कता छ कता छ !!


कता गयौ कता

 मिठो बोलि होटमा लालि

कता गयौ कता,
कसम तोडि गाँउ घर छोडि
कता गयौ  कता;

पिरति को जरो चड्यो
माया लाँउछु  भन्थें,
पंदेरि  भेट्न जादा
कता गयौ  कता !!

माया पोख्ने मन थियो
भेटै हुन छोड्यो,
तिम्रो मिठो स्म्रितिले
मेरो बेथा बड्यो!!

आउने जाने बटुवा लाइ
तिम्रो बारे सोधे,
पधेरि मा आउने जाने
सबैलाइ भेटे;
तिम्रो अद्रिस्यता किन
बुझ्न सकिएन
मनमा भाको माया पोख्ने
मौका भेटियेन !!

बिर्सि सक्यो

 शहर को रम्झम मा उ

हस्ना सिखेको छ,
चमक दमक र भिड भाड मा उ
बाच्न सिकेको छ,
वास्ता छैन उस्लाइ गाँउ ठाँउ अनि
आफ्नो संस्कृति,
नौलो गीत को ताल्मा अब
नाच्न सिकेको छ !!

बिर्सि सक्यो देउसि भैलो
अनि किर्तन त्यो,
डम्फु मादल फालि बिर्स्यो
अर्थ जीवन को!!

मेरो दाजु आज भोलि
काँहा गयो काहा,
कुना पसि झोला फ्याकि
रस मा डुबेको छ !!

फर्कि आउछौ कि आउदैनौ
भन्न सकिन म,
साहस को डोरि छिन्यो अब
धान्न सकिन म !!

मेरा दाजु फर्कि आउ
गाँउ तिमि फेरि,
अस्तित्व को लडाइ लड्न
कलम को बन्दुक भिरि !!

समयको रेल

ऋतुहरू अगाडि बढ्दै गएको रेल जस्तै हो, न रोकिन्छ, न फर्किन्छ कहिल्यै, गन्तव्य तिर दौडिरहेको रेल जस्तै, थाक्दा पनि आफ्नो बाटो छोड्दैन। जीवन पन...