Saturday, September 20, 2025

नदी जस्तै बगिरहेछ

जीवन त रमाइलो मेला हो,
कसैले लड्डु चपायो, कसैले केवल हेरेर बस्यो।
सपनाले भरिएका कुरा सबै गर्छन्,
तर बिहान उठ्दा भाँडामा दाल पनि छैन।

धन ?
आज छ, भोलि करको डाँडीमा जान्छ।
राजाले पनि भिक्षा माग्नुपरेको कथा त इतिहासमै छ।
तर ज्ञान ?
एउटा किताब खोलेर पढ्दा पनि
हामीले आफूलाई राजामहिमाजस्तै ठान्छौँ।

लोभ ?
भरे पेट भएर पनि “थप-थप” भन्दै लार टप्काउँछ।
अहंकार ?
नाङ्गो शिशुलाई देखेर पनि
“यो त मेरो भन्दा कमजोर पो रहेछ” भन्छ।
तर साँचो सुख ?
पेटभरि खाइदिँदा होइन,
छिमेकिलाई आधा रोटी बाँडिदिँदा जन्मन्छ।

हे मान्छे!
नदी जस्तै बगिरहेछ तेरो उमेर,
केही घाममा, केही पानीमा, केही दलदलमा।
तर यदि हाँस्न सकिस् भने
जीवनको यो खुस्खुसिएको नाटक पनि
स्वर्गको टिकटजस्तो मज्जाको हुन्छ।

अन्धकार गोरेटो जस्तै

जीवन त अन्धकार गोरेटो जस्तै,
छिनमै देखिन्छ, छिनमै बिलाउँछ।
आजको प्रभात भोलि त सन्ध्या,
तर हृदयमा सपना झन् बल्जिन्छ।

हावा संगै उड्छन् आशा,
कहिले टुट्छन्, कहिले जोडिन्छन्।
वेदना बीचै पनि गुनगुनाउँछन्,
आगामीलाइ आलिङ्गन गर्छन्।

नदी जस्तै बग्छ समय,
पर्खेर बस्दैन कहिल्यै।
तर हरेक मोडमा उभिन्छ आशा,
फेरि उठ्न, फेरि अघि बढ्न।

संघर्ष हो जीवनको सत्य,
तर यसैमा चम्किन्छ उज्यालो।
क्षणभर भए पनि हरदम,
सपनाले कोर्छ भविष्यको गाथा।

Saturday, September 6, 2025

सपना पूरा भएको

मेरा आँखा लाई यो मात्र छ गुनासो,
सपना पूरा भएको छैन,
प्रभातले छिन्योकिना सपनीको हासो।

सरल जीवनको आशमा पर्खाल ठोकी रहे,
सफल नहुने कर्मको ढोल बोकी रहे।

तर मनको कुनामा अझै आश बाँचिरहेछ,
अँध्यारोबाट उज्यालो तर्फ मार्ग खोजिरहेछ।

मिहिनेतका रेखाहरूले हात र अनुहार सजायो,
आफ्नै पसिनाले भविष्यको चित्र बनायो।

कुनै दिन त विहानी मुस्कान फिर्ता ल्याउनेछ,
हर सपना साँचो भएर जीवन उज्यालो बनाउनेछ।

समयको रेल

ऋतुहरू अगाडि बढ्दै गएको रेल जस्तै हो, न रोकिन्छ, न फर्किन्छ कहिल्यै, गन्तव्य तिर दौडिरहेको रेल जस्तै, थाक्दा पनि आफ्नो बाटो छोड्दैन। जीवन पन...