Thursday, November 2, 2023

मान्छे हराएको सुचना


मान्छे हराएको सुचना,
गँठिलो सरिर र आत्मबिश्वासि;
नाम उस्को गोर्खे हो अरे !!

हराउनु अघाडि उस्लाइ
लत लागेको थियो रे,
जुवा तास र रक्सिको

उ आफ्नै दाजुभाइ संग
दिन रात लड्थियो रे
नशा मा चुर भै हिड्थ्यो रे !!

हराउनु अघि उस्को रक्तचाप
घटेको थियो रे,
मान्छे हरएको छ
आज न उ छ, न उस्को अस्तित्व छ,
मान्छे हरएको छ
म खोज्दै छु, उ कता छ कता छ !!


No comments:

Post a Comment

समयको रेल

ऋतुहरू अगाडि बढ्दै गएको रेल जस्तै हो, न रोकिन्छ, न फर्किन्छ कहिल्यै, गन्तव्य तिर दौडिरहेको रेल जस्तै, थाक्दा पनि आफ्नो बाटो छोड्दैन। जीवन पन...