आशामा अल्झिएको जीवन थियो,
संसारमा सम्हाल्न के रहिगयो।
सपना जलेर खरानी बन्यो,
दिलभित्र आशा त मरी गयो।
हुरीले माफी मागेर के हुन्छ,
टुटेको हाँगा त टुटेकै हो।
जीवनको बाटो नुनजस्तो तिक्त,
स्मृतिको घाम झन् डुबेकै हो।
तारा झरेर नपुग्ने हातमा,
अधुरा चाहना उस्तै रहन्छन्।
मनको करुणा लुकेर आँसुमा,
तिरस्कार भित्रै शब्द हराउँछन्।
No comments:
Post a Comment