Tuesday, May 20, 2025

कान्हा

जग उद्धार गर्न, हे नन्दलाल कान्हा,

तिमी नै साँचो प्रेमको गीता, सत्यका दाता।


दिव्य तेज छ तिमीमा, छ अपार करुणा,

मानव रूप लिई आयौ, देखाउन मार्ग सच्चा।

गाईगोरु चरायौ, मुरलीमा गीत सुनायौ,

बाल-सखा बनी, प्रेममा सबलाई रमायौ।


कस्ले देखाउँछ गर्भमा सारा संसार?

मायाको आँचलमै ल्यायौ ब्रह्माण्डको सार।

माटो खाँदा देखिए धरणी र गगन,

हे कान्हा! तिमी आफैं नारायणको दर्शन।


कालको पञ्जाबाट बालक बचायौ,

अधर्मको साम्राज्यमा धर्म सजायौ।

"श्रीकृष्ण" बोल्दा कम्पिन्छ मन, शुद्ध हुन्छ हृदय,

विठ्ठल नाममा छ लय, भक्ति अनि विजय।


 

No comments:

Post a Comment

समयको रेल

ऋतुहरू अगाडि बढ्दै गएको रेल जस्तै हो, न रोकिन्छ, न फर्किन्छ कहिल्यै, गन्तव्य तिर दौडिरहेको रेल जस्तै, थाक्दा पनि आफ्नो बाटो छोड्दैन। जीवन पन...