ए मेरा भावना...
भावना सम्हाल्न सकिनँ,
ए मेरा भावना…
किनकि यिनै भावनामा लुकेकी छ्यौ तिमी,
तिमी — जसलाई भुल्न खोज्दा पनि,
म अझ गहिरो सम्झनामा डुब्छु।
तिमी बिना जिन्दगीको कल्पना पनि डर लाग्दो थियो,
तर तिम्रा सपनाहरू —
जुन म पूरा गर्न सकेनँ,
त्यही त सपनाहरू थिए,
जसले मलाई तिमीबाट टाढा गराए।
तिमी आशा थियौ —
तर ती आशाहरूले नै मलाई निराश बनाए।
बिफलता मेरो थियो,
तर सजाय तिमीलाई पनि पर्यो।
ए मेरा भावना...
तिमी अब थाकेका छौ,
तर अझै…
तिमीभित्र कतै तिमीको मुस्कान बाँकी छ,
कहिल्यै नफर्किने त्यो क्षणको आशा बाँकी छ।
शायद,
एकदिन कुनै पानामा
फेरि तिमी लेखिएको भेटिनेछौ —
भावनाका हरफहरूमा (पंक्तिहरूमा)
मेरो मौनतामा…
No comments:
Post a Comment