तिमी, म र मेरा बा
तिमी, म र मेरा बा,
हामी एउटै एउटै थियौं।
तिमी कल्पनाका कुरा गर्थ्यौ,
म सपनाका कुरा गर्थे,
बा भन्नुहुन्थ्यो —
"सोचेको जस्तो हुँदैन् जीवन,
तर हिँडिरहनु पर्छ,
आकाश हेरेर पनि, माटो छोइरहनु पर्छ।"
तिमी फूल बन्ने चाहना राख्थ्यौ,
म बतासमा हराउने इच्छा,
बा भने उही रूखजस्तो अडिग —
जुन आँधीमा पनि नडगमगाउने।
तिमी र म दौडियौं भावनाका पखेटा लिएर,
तर बा…
उहाँ दौडिनुभएन,
हामीलाई उचाइमा उडाइदिँदै,
आफू भूमि भइदिनुभयो।
आज तिमी टाढा छौं,
म पनि आफ्नै भुलमा हराइरहेको छु,
तर बा?
उहाँ अझै उही आँगनमा,
हाम्रा पाइला कुर्दै,
हाम्रा कथाहरू सम्हाल्दै।
No comments:
Post a Comment