Sunday, May 25, 2025

स्वप्न झरे फुलजस्तै

 "स्वप्न झरे फुलजस्तै

मित्र चुभे काँडाजस्तै"


लुटियो सिंगार सारा, बगैंचाको बबुलले

र हामी उभिएर उभिएर बसन्त हेर्दै रह्यौं

कारवाँ गइसक्यो, धुलो उडेको हेरिरह्यौं


निन्द्रा पनि खुलेको थिएन, कि घाम अस्ताइसक्यो

पाउ उठ्न नपाउँदै, जीवन चिप्लिसक्यो

पात पात झरिसके, हाँगा हाँगा जलिसके


इच्छा त निस्किन सकिन, तर उमेर बितिसक्यो

गीत आँशु बने

छन्दहरु गाडिए


साथका सबै दियोहरू, धुँवामा हराए

र हामी झुकेर झुकेर

मोड़मा रोकिएर रोकिएर

उमेरको उकालोको ओरालो हेर्दै रह्यौं

कारवाँ गइसक्यो, धुलो उडेको हेरिरह्यौं


कस्तो यौवन थियो, फूल फूल प्रेममा लिप्त

कस्तो सौन्दर्य थियो, ऐनाले पनि डरायो

यता जमिन उचालियो, उता आकाश उठ्यो

मुटु सम्हालेर हेरियो, जुन भेटियो त्यही हेऱ्यो


तर एकदिन यहाँ

यस्तो हावा चल्यो

फूल फूल लुटिए, गल्ली गल्ली चिसो भयो

र हामी लुटिएर लुटिए

समयको चोटमा पिटिए

सासको नशा, त्यो हेरिरह्यौं


कारवाँ गइसक्यो, धुलो उडेको हेरिरह्यौं


हातहरू थिए, जुनमा चन्द्रको कपाल सिंगारुँ

ओठ खुलेका थिए, प्रत्येक ऋतुलाई बोलाऊँ

दुख दिइयो, म प्रत्येक दुखीलाई प्रेम दिऊँ

र सास यति दिव्य, यो स्वर्गलाई पृथ्वीमा ल्याउँ


तर केही सम्भव भएन

साँझ बिहान बन्यो

उठ्यो यस्तो छाल, कि किल्ला विघटन भए


र हामी डराएर डराएर

आँखामा आँशु भरेर

कफन ओढेर चिहान हेर्दै रह्यौं

कारवाँ गइसक्यो, धुलो उडेको हेरिरह्यौं


सिन्दूर सजिइसकेको थियो, जब नयाँ किरण आयो

ढोलक बज्न थाल्यो, पाइला पाइला नाच्यो

शोर भयो — "हेर! बेहुली जाँदैछ"

गाउँ रमायो, नयन नयन झुम्यो


तर त्यत्तिकैमा

विष भरेको बिजुली खस्यो

सिन्दूर मेटियो, सारी च्यातियो


र हामी अनजानजस्तै

टाढाको घरबाट

पाल्की बोक्ने कहार हेर्दै रह्यौं

कारवाँ गइसक्यो, धुलो उडेको हेरिरह्यौं

(यो कविता प्रसिद्ध हिन्दी गीतकार तथा कवि नीरज (पूरा नाम: गोपालदास नीरज) द्वारा लेखिएको हो।
नेपालीमा पुनर्लेखन: कृष्ण आचार्य)

No comments:

Post a Comment

समयको रेल

ऋतुहरू अगाडि बढ्दै गएको रेल जस्तै हो, न रोकिन्छ, न फर्किन्छ कहिल्यै, गन्तव्य तिर दौडिरहेको रेल जस्तै, थाक्दा पनि आफ्नो बाटो छोड्दैन। जीवन पन...