"के होला...?"
ऊ :
तिमीले हेरेको त्यो एक नजर,
मेरो मनमा जलेको रहर;
तिमी नबुझी हाँस्दा पनि,
मेरो संसारै बदलिएको थियो।
भनेको थिइनँ कहिल्यै स्पष्ट,
मनमा थिए शब्दहरू अप्ठ्यारो;
तिमी अन्जान बनी हिड्यौ,
म मौनतामा बोलिरहेँ बारम्बार।
तिमी थिएँ मेरो कविता,
जुन कागजमा कहिल्यै लेखिएन;
छेउमै उभिएर पनि,
म ती नजरहरूमा हराइरहेँ।
ऊ :
तिमी नजिक थियौ, तर म देखिनँ,
तिम्रो मौन प्रेम बुझिनँ;
अर्को सपना पछ्याउँदै,
तिमीलाई नै टाढा बनाइदिएँ।
आज ती मौन क्षणहरू,
रातमा झन्झन गुञ्जिन्छ;
बोल्न नसकेको त्यो प्रेम,
मनभित्र अझै चिच्याइरहन्छ।
दुवै मिलेर:
के यदि फेरि भेटिन्छौ?
न भाग्यले, न संयोगले — इच्छाले;
नयाँ सुरुवात, खुलेर माया,
बितेका गल्तीहरू क्षमाले।
अब न मौनता बाँकी रहोस्,
न अधुरो सपना काँडाले टोसोस्;
तारा हेर्ने साझा चाहमा,
हौं हामी फेरि — नयाँ कथा भित्र।
No comments:
Post a Comment