Sunday, May 25, 2025

दार्जिलिङको चिया

 दार्जिलिङको चिया,

कति मिठो आहा!

बिहान दिउँसो साँझ,

स्वाद दिन्छ ताजा।


कुहिरोको घुम्टाभित्र

हरियालीको छोँए,

एक कपले बिर्साइदिन्छ

दिनभरका गोहे।


आलस हटाउँछ,

मुड बनाउँछ,

आमाको माया जस्तो

न्यानोपन दिन्छ।


साथी भेला हुँदा,

वा एक्लोपनमा,

चियाको साथ पाउँदा

रमाइलो हुन्छ जति पनि सधैं हर्षमा।


दार्जिलिङको चिया,

स्वाद मात्र होइन, कथा हो,

एउटा सुगन्धित अनुभूति,

जुन साससँगै बगिरहन्छ।

No comments:

Post a Comment

समयको रेल

ऋतुहरू अगाडि बढ्दै गएको रेल जस्तै हो, न रोकिन्छ, न फर्किन्छ कहिल्यै, गन्तव्य तिर दौडिरहेको रेल जस्तै, थाक्दा पनि आफ्नो बाटो छोड्दैन। जीवन पन...