ख्यालमा त धेरै कुरा खेली रहन्थे
तर म केही बोल्न सकिन…
शब्दहरू ओठमै अड्किए,
भावनाहरू मनमै हराए।
हर एक नजरले केही भन्यो,
तर ती आँखामा उत्तर थिएन।
म मौन भएर पनि चिच्याइरहेँ,
भित्रभित्रै आँधी बहाइरहेँ।
सपना हराएनन्, तर बिर्सिएझैँ लाग्थ्यो,
समयको भेलमा आफूलाई हराउँथें।
मनको गहिराइमा प्रश्नहरू थिए,
तर जवाफहरू कहीं थिएनन्।
ख्यालमै त संसार सजाएँ,
तर यथार्थमा मौनताको पर्दा ओढेँ।
आज पनि त्यो मौनता बोकेर,
म सपनाहरूको रेखा कोर्दैछु…।
No comments:
Post a Comment