छोरा भन्छन् —
अब तिमी बाबा, पुराना भयौ,
फुस्रो कपाल, निदाउने व्यवहार;
मेरो साथीमा, मेरो गोष्ठीमा,
तिमी नचाहिएको भार।
तिमीका लुगा, च्यातिएका छन्,
हिँड्दा पनि गाह्रो देखिन्छ;
तिमी सँग बस्दा, मन दुख्छ,
न त प्रेम न त केही सिकिन्छ।
तिमीले कहिल्यै, बुझेनौ मलाई,
मेरो चाहना कहिल्यै सुनेनौ;
सधैं नियम, सधैं रोकेर,
मेरो पखेटा कहिल्यै उडाउन दिएनौ।
अब टाढा बस बाबा,
म मेरो बाटो रोज्छु;
बन्धन होइन, स्वतन्त्रता चाहिन्छ,
तिमी बिना पनि बाँच्न सक्छु।
आमा भन्छिन् —
तिमीले देखेका, बाबाका पक्ष होइनन्,
तर उनले देखेका सपनाहरू,
तिमीलाई मान्छे बनाउने संघर्ष,
छोरी र आमालाई दिइने भर।
चुपचाप बाँच्ने, कहिल्यै गुनासो नगर्ने,
परिश्रमको अर्कै कथा बोकेका छन्;
घाममा पसिना, र रातमा निद्राविहीन,
तिमीका हाँसोमा आफै हराएका छन्।
तिमीले नबुझे पनि,
उनको माया अडिग छ,
तिमीलाई उचाल्न,
उनले स्वर्ग पनि छोडेका छन्।
बाबाको हृदय बुझ, छोरा,
जुन बोल्दैन तर प्रेम गर्छ;
थकाइले होइन, मायाैले चुप छन्,
उनी तिमीमा नै आफ्ना सपना देख्छन्।
No comments:
Post a Comment