गाउँको पाटीमा त्यो बटबृक्ष थियो,
जहाँ हामी सँगै बसेर भोक भुल्थ्यौं।
चिसो छायाँ, हाँसोका तरङ्गहरू,
अब सब भत्किएको सपना भइदियो।
कहिले काँटाघारीमा लुकेर रमायौं,
कहिले रूख चढ्दै आकाश छोयौं।
आज ती ठाउँहरूमा डोजर चले,
र स्मृतिहरू बुलडोजरले मासे।
विकासको नाममा आयो बजार,
तर गुमायौं हामी आफ्नै आधार।
बिरुवा रोप्न लेखिन्छ नारा,
तर बालापन गयो, रित्तो रह्यो सहारा।
बटबृक्ष त रुखमात्र थिएन,
त्यो त हाम्रो इतिहास थियो, साँचो छायाँ।
अब त्यो छायाँ तस्बिरमा छ,
र हाम्रो मन भित्रै – मौन कथा।
No comments:
Post a Comment